प्राधिकरणमा पुग्यो उद्योगी व्यवसायीको विद्युत लाइन जडान गर्ने पत्र
काठमाडौँ - उद्योगी व्यवसायीको काटिएको विद्युत्त लाइन जडान गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने निर्णय कार्यान्वयन गर्ने पत्र नेपाल विद्युत प्राधिकरणमा पुगेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत मन्त्रिपरिषद्को निर्णय अनुसार उद्योगी व्यवसायीको काटिएको बिद्युत लाइन जडान गर्नुपर्ने निर्णय कार्यान्वयनका लागि पत्र पुगेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले मन्त्रिपरिषद्को उक्त निर्णय कार्यान्वयनका लागि सञ्चालक समितिको बैठक बसेर निर्णय गर्नुपर्ने बताएको छ । तर बैठकको मिति र समय तय भइ नसकेको बताइएको छ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकले खपत गरेको विद्युतको बक्यौता रकम टोओडी मिटर समेतको आधारमा महसुल निर्धारण तथा असुलीसम्बन्धी तत्काल प्रचलित कानून बमोजिम गणना गरी १५ दिनभित्र असुल उपर ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले गर्ने गराउने निर्णय गरेको थियो ।