Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिमन एक लाख रुपैयाँ नजिक पुग्यो अलैँचीको मूल्य

सोमबार, कात्तिक २६, २०८१

काठमाडौँ- पहाडी जिल्लामा उत्पादन हुने अलैँचीको मूल्य एक दशकपछि एक लाख रुपैयाँ नजिक पुगेको छ । व्यापारीहरूका अनुसार अलैँची प्रतिमन (४० किलो) एक लाख रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ । 

अलैँची व्यवसायी महासंघ नेपालले ठूला र राम्रो दानाको प्रतिमन एक लाख, पुच्छर काटेको (कैँची कट भनिन्छ) लाई ९८ हजार र चलनचल्तीको (सुकाएर निकालेको) लाई ९५ हजारका दरले कारोबार भइरहेको बताएको छ ।महासंघका अनुसार पछिल्लो दशकमै अलैँचीको मूल्य यतिसम्म पुगेको थिएन । २०७० र ०७१ सालमा एक लाख ५ हजार सम्म मूल्य पुगेको थियो । गतवर्ष भने यो समयमा ६० हजार प्रतिमन रहेको थियो । जिल्लाका व्यापारीहरूले अहिले नै पनि मनको एक लाख रुपैयाँ लगाउन थालेका छन् ।

नेपालमा उत्पादित ९० प्रतिशत बढी अलैँची झापाको काँकडभिट्टा नाका भएर भारत निर्यात हुने गरेको व्यवसायी बताउँछन् । जिल्ला र गाउँका व्यापारीले बिर्तामोडको दरभाउमा भाडा जोडेर खरिद गर्ने गरेका छन् । कतिपयले मूल्य बढ्ने आशामा चलेकोभन्दा बढी मूल्यमा खरिद गर्ने र राख्ने गरेको व्यापारीहरू बताउँछन् ।

सुकेको अलैँची जति राख्दा पनि नबिग्रिने भएकाले किसान स्वयम्‌ले पनि गोदाम गरेर राख्छन् । तर गाउँघरमा आगलागी र चोरीको डर हुने भएकाले अधिकांशले उत्पादन गरेपछि सदरमुकाम पुर्‍याएर राख्ने गरेका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार