बुद्ध एयरबाट भैरहवा लगियो रास्वपा सभापति लामिछानेलाई
काठमाडौं– रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका निम्ति रास्वपा सभापति रवि लामिछानेलाई मंगलबार बुद्ध एयर चढाएर भैरहवा लगिएको छ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान जारी राखिएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले रुपन्देही प्रहरीमा लगेको हो।
प्रहरी र सरकारी वकिलको कार्यालय रुपन्देही भैरहवामा बयान गराई अदालत उपस्थित गरी मंगलबार नै कास्की फर्काउने तयारीका साथ लामिछानेलाई लगिएको हो।
यसैबीच रास्वपा कार्यकर्ताले भैरहवामा प्रदर्शनको तयारी गरेका छन्। सरकारले ठूलो मात्रामा प्रहरी परिचालन गरेको छ। उता सहकारी पीडितले पनि प्रदर्शनको तयारी गरेका छन्।
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१ ११:२९
प्रतिक्रिया दिनुहोस्