Nic Ad Nic Ad
Nic Ad Nic Ad
टिप्पणी 

‘कपि क्याट क्राइम’लाई रास्वपाको प्रोत्साहनः सहर–सहरमा तमासा छ

मंगलबार, कात्तिक २७, २०८१

काठमाडौं– सभापति रवि लामिछाने पक्राउ भएकै दिनदेखि निरन्तर आन्दोलन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘कपि क्याट क्राइम’लाई प्रोत्साहन गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई रुपन्देहीमा उपस्थित गराउने क्रममा भैरहवामा पनि प्रदर्शनको तयारी यसैको एउटा प्रारुप हो। 

कपि क्याट क्राइम कसरी? यसको उत्तरअघि लामिछानेलाई भैरहवामा किन उपस्थित गरिनेछ भन्नेबारे चासो छ। 

रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका निम्ति रास्वपा सभापति रवि लामिछानेलाई मंगलबार बुद्ध एयर चढाएर भैरहवा लगिएको छ। 

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान जारी राखिएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले रुपन्देही प्रहरीमा लगेको हो। 

प्रहरी र सरकारी वकिलको कार्यालय रुपन्देही भैरहवामा बयान गराई अदालत उपस्थित गरी मंगलबार नै कास्की फर्काउने तयारीका साथ लामिछानेलाई लगिएको हो।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ। यसै विषयको बयानका लागि लामिछानेलाई रुपन्देही लगिएको हो। 

जसरी कास्कीमा रास्वपाका सबै सांसद र नेता अनि कार्यकर्ताले राजनीतिक प्रतिशोधको नाममा प्रदर्शन र आन्दोलन गरी तमासा देखाए, त्यो तमासाको भद्रगोल तयारी रुपन्देहीमा पनि भएको छ। 

अब वीरगञ्जको सानो पाइला, काठमाडौंको स्वर्णलक्ष्मीको छानबिनका क्रममा पनि लामिछाने तानिन सक्नेछन्। यसबेला पनि रास्वपाका नेता र कार्यकर्ताको तमासा देखिनेछ। यहाँसम्मकी सांसद सोबिता गौतमले त सरकारविरद्ध मुर्दावादको नारा नै घन्काइन्। 

न्याय अन्यायको कसी अब अदालत प्रवेश गरेपछि त्यहाँबाट हुने होला नि? तर, रास्वपाले हरेक ठाउँमा एउटै प्रकृतिको आन्दोलन चलाउनु समाचारीय भाषामा कपी क्याट क्राइमन नै हो।

पहिलो त सहकारी ठगी गरी गोरखा मिडियामा रकम लैजाने प्रकृति पनि सोही प्रकृतिको छ भने अहिले रास्वपाको आन्दोलन पनि त्यहि हिसाबले चलिरहेको पाइन्छ। 

एक प्रतिलिपि बिरालो अपराध, एक आपराधिक कार्य हो जुन अघिल्लो अपराधबाट प्रेरित वा नमूनाका रुपमा लिइन्छ। सामान्यतया त्यो अपराधको मिडिया कभरेजको लागि एक्सपोजर पछि निरन्तरता दिइन्छ, पुनः एक्सपोजका निम्ति। “नक्कल अपराध“ शब्दले मिडिया वा प्रत्यक्ष आपराधिक नमूना अपराधको लागि सेवा गरेको बुझाउने स्थितिलाई नै ‘कपी क्याट क्राइम’ भनिन्छ।

यो शब्द पहिलो पटक २० औं शताब्दीको शुरुमा ज्याक द रिपरबाट प्रेरित अपराधहरू पछ्याइएको थियो। दोहोरिएका अपराधहरूको वृद्धिको कारण, अपराधविद्हरूले चाँडै नै विश्वास गर्न थाले कि मिडिया कभरेजले अन्य अपराधीहरूलाई पनि त्यस्तै फेसनमा अपराध गर्न उत्प्रेरित गर्ने भूमिका खेलेको थियो, र गैर–अपराधीहरूले पनि अपराध गर्न थालेको बेला उनीहरूले त्यसो नगरेको हुन सक्छ। यहि शैली देखिन्छ, अहिले रास्वपाको प्रदर्शनमा।

अपराध भनेको हत्या र हिंसा मात्र होइन, अन्य नागरिकको स्वतन्त्रतापूर्व हिँड्न पाउने अधिकारमा अवरोध पनि हो भन्ने रास्वपाका विवेकशील नेता कार्यकर्ताले बुझ्नुपर्ने हो, बुझ पचाएको पाइन्छ। 

लामिछानेमाथि सहकारी ठगी मात्र होइन संगठीत अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा पनि अनुसन्धान जारी छ। के, ति अपराधका विरोधमा रास्वपा यस्तो चरणबद्ध शैलीमा उत्रिएको हो? यसको जवाफ जिम्मेवार पदाधिकारीबाट उत्तरदायी हिसाबले आउनु पर्छ कि पर्दैन?

यो आन्दोलनका नाममा गरिएको सहर–सहरको तमासा के को प्रोत्साहनका लागि हो? मानौ रवि निर्दोष ठहर भएर निस्किए र आगामी सत्ता चलाएर रास्वपाको नाराअनुसार भ्रष्टाचारीलाई जेल हाल्दा अन्य दलले पनि आन्दोलन चर्काए भने के होला?

रविले भनेका छन्,‘न्यायालयमा विश्वास छ।’ त्यसो भए न्यायालयलाई काम गर्न दिने कि दबाबमा राख्ने? यस्तो अपराध किन गरिरहेका छन् रास्वपाका नेता कार्यकर्ता? यसको तत्काल राजनीतिक प्रतिशोधका विरोध भनेर ओठे हिसाबले आउला तर भविष्यको नजीर गतिलो हुनेवाला देखिँदैन। विचरणीय विषयबस्तु हो।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्