Nic Ad Nic Ad
Nic Ad Nic Ad

पब्जी टीम डीआरएसले नेपालका लागि यसरी लत्यायो १० करोडको अफर

मंगलबार, कात्तिक २७, २०८१

काठमाडौं– सन् २०२२ मा भएको पिएमजिसी प्रतियोगिता अर्थात् पब्जीको विश्वकपमा दोस्रो भएर डीआरएस गेमिङले नेपाली इ–स्पोर्टसमा सम्भावनाको ढोका खोलेको थियो। 

डीआरएसले हासिल गरेको यो उपलब्धि नेपाली खेलकुद क्षेत्र कै सबैभन्दा ठूलो उपलब्धी मध्य एकमा पर्ने गर्छ। तर खेलकुदको परिभाषा नै कुद्ने र उफ्रने भन्ने मानसिकता राख्ने सरकार र धेरै जसो नेपालीहरुको नजरमा यो उपलब्धि सामान्य मात्रै रह्यो।  

डीआरएसका उपलब्धि र युवाहरुमा रहेको स्पोर्टसको क्रेजले गर्दा केही समय अगाडि मात्र राष्ट्रिय खेलकुद परिषदले स्पोर्टस संघलाई आफ्नो मान्यता दियो। 

डीआरएसले आफूमात्र खेलेर आफ्नो संस्थालाई मात्र फाइदा पुर्याएको छैन, नेपालको प्रतिनिधित्व गर्दै देशको नाम अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाइरहेको छ। यसका साथै, आगामी पुस्ताका खेलाडीहरुलाई इ–स्पोर्टस खेलेर नै करियर बनाउँन सक्ने बाटो देखाइरहेको छ।

यो मानसिकता डीआरएस र त्यसका सदस्यहरुमा पनि देखिन्छ। केही समय अगाडि मात्र डीआरएसलाई साउदीको एउटा पब्जी टिमले करिब १० करोड नेपाली रुपैयाँ अफर गरेको थियो। 

साउदीको त्यो टिमले विभिन्न प्रावधान राख्दै डीआरएसलाई साउदी कै झण्डा प्रतिनिधित्व गरेर सधैका लागि प्रतियोगिता खेल्न आह्वान गरेको थियो। 

उक्त प्रावधानहरु डीआरएसका लागि निकै फाइदाजनक थिए। तर आफ्नै देश नेपालको झण्डा प्रतिनिधित्व गर्न नपाउँने भएपछि डीआरएसले उक्त अफर ठाउँको ठाउँ अस्वीकार गरेका थियो। 

पछिल्लो समय डीआरएसले हासिल गरेको उपलब्धिका कारण अन्य देशहरुबाट पनि यस्तो अफर आउँने गरेका छन्। तर देशप्रतिको माया र देशलाई चिनाउँने हुटहुटीका कारण डीआरएसले यस्ता अफर ठाउँको ठाउँ लत्याइदिने गरेको छ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्