रविलाई भैरहवा उतारियो, बयान गराउँदै बढीमा तीन दिन हिरासतमा राखिने
काठमाडौं– सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भैरहवामा उतारिएको छ।
बुद्ध एयरको जहाजबाट रुपन्देहीका लागि उडेका रास्वपा सभापति रवि लामिछानेलाई सिधा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लगिएको छ।
सरकारी वकिलको कार्यालयमा सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लगिएको हो। मंगलबार बयान सकिने सम्भावना कम रहेको छ।
यसकारण रुपन्देही प्रहरीले बढीमा तीन दिनसम्म हिरासतमा राख्ने तयारी गरेको छ। बयान सकिनासाथ उनलाई पोखरा पठाइनेछ।
उता रास्वपाका कार्यकर्ताले भैरहवामा प्रदर्शनको गरेका छन्। बिहानैदेखि लामिछाने आउनासाथ प्रदर्शन गर्ने तयारीमा कार्यकर्ता रहेका छन् भने सुप्रिम सहकारीका पीडित बचतकर्ताले पनि प्रदर्शन गर्ने भएका छन्।
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१ १२:४८
प्रतिक्रिया दिनुहोस्