Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारी वकिलको कार्यालयभित्र रविको बयान जारी, बाहिर सहकारी पीडितको आन्दोलन

मंगलबार, कात्तिक २७, २०८१

काठमाडौं– बुटवलको सुप्रिम सहकारी पीडितले सरकारी वकिलको कार्यालय रुपन्देहीबाहिर प्रदर्शन गरेका छन्। 

राजनीतिक आडमा सहकारी ठगलाई संरक्षण नगरलगायतका नारासहितको ब्यानरसहित पीडित सरकारी वकिलको कार्यालयबाहिर प्रदर्शनमा छन्। 

ठगी तथा संगठित अपराधमा रास्वपा सभापति रवि लामिछानेको बयान भैरहवास्थित जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा जारी राखिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट भैहरवामा १२ः२० मा अवतरण गराएर लामिछानेलाई प्रहरीले सिधा सरकारकाी वकिलको कार्यालयमा लगेको थियो। 

पोखराको सूर्यदर्शन सहकारीसँगै बुटवलको सुप्रिम सहकारीको रकम अवैध हिसाबले लामिछाने सञ्चालक रहेको गोरखा मिडिया प्रालिमा पुगेको थियो।

सुप्रिमबाट निकालिएको रकम नै लामिछानेका नाममा गोरखा मिडियामा जम्मा भएको र सोही रकमवापत उनले शेयर लिएको छानबिन समितिको प्रतिवेदनको निचोड थियो। 

उता, रविका पक्षमा रास्वपाका कार्यकर्ताले प्लेकार्ड र नाराबाजी जारी राखेका छन् भने सुप्रिम सहकारी पीडित पनि प्रदर्शनमा उत्रिएका छन्।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार