Nic Ad Nic Ad
Nic Ad Nic Ad

आफ्नै पार्टीका सांसद बजगाँईले पर्यटनमन्त्री पाण्डेले घुस लिएको आरोप लगाए, तथ्य के हो?

मंगलबार, कात्तिक २७, २०८१

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाँईले सह–महामन्त्री एवम् संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले करोडौं घुस लिएर क्यासिनोको लाइसेन्स दिएको आरोप लगाएका छन्।

रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौं रकम घुस बुझाएको गोखरा–१ बाट निर्वाचित बजगाँईले आरोप लगाएका हुन्। 

‘मन्त्री आफू कमिसन खान्छ अरूको स्पोन्सर प्रचार गर्छ। हामी समकक्षी सुभाष म सुशान्तसँगै थियौँ, एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रष्ट गरे’, बजगाँईले फेसबुकमा लेखेका छन्। 

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित टाइगर प्यालेस रिसोर्ट परिसरमा सञ्चालन हुनेगरी रिक्रियसनले साउन १२ गते पर्यटन विभागबाट क्यासिनो सञ्चालनको इजाजत पाएको थियो। 

त्यसको केही दिनपछि विभागले यसअघि क्यासिनो सञ्चालनको अनुमति पाएको एसएचएल म्यानेजमेन्ट सर्भिस (केटीएम) प्रा.लि. क्यासिनो सञ्चालनको अनुमतिपत्र खारेज गरेको थियो ।

सांसद बजगाईँ अहिले पनि अदालतको आदेश कायमै रहेको र यो अवस्थामा नयाँ स्वामित्व हस्तान्तरण र नयाँ लाइसेन्स दिनै नमिल्ने पनि लेखेका छन्।

रिसोर्टको सञ्चालक कम्पनीको अफसोर कारोबारमा करोडौँको कर छली भएको आरोप समेत लाग्दै आएको छ। सिल्भर हेरिटेज लिमिटेड नामक कम्पनीले सञ्चालन गर्दै आएको एक्त होटलको स्वामित्व  होटलमा यसअघि हङकङस्थित सिल्भर हेरिटेज ग्रुपको लगानीमा थियो। अघिल्लो वर्ष साउनमा यसको स्वामित्व हिमालयन टाइगर इन्भेष्टमेन्ट इंक नामक कम्पनीमा सारिएको छ।  

‘मन्त्री पाण्डे र अधिकारीले भैरहवा विमानस्थल कसरी चल्छ पूर्वतयारी भएन भएन भन्ने मेरो विचारलाई भैरहवा विमानस्थल चल्दा राजेन्द्र बजगाईँको विरोध भनेर स्पोन्सर प्रचार चलाएका रहेछन्’, बजगाँईले लखेका छन्। 

अहिले उक्त रिसोर्टमा बुद्धिसागर सुवेदी र दीपक गौतमको स्वामित्वमा छ। उनीहरू अमेरिकी नागरिक गैर आवासीय नेपाली हुन्। स्वामित्व परिवर्तन भएसँगै अहिले विभिन्न बैंकमा रहेका कर्जा समेत गैरकानुनी रुपमा नयाँ कम्पनीको नाममा ट्रान्सफर भएको पाइएको छ। यसमा पर्यटन मन्त्रालय, कम्पनी रजिष्ट्रार कार्यालयदेखि बैंकसम्मको गतिविधिमा कैफियत देखिएको बताइएको छ। 

बजगाँईको यो भनाईबारे मन्त्री पाण्डे र सम्बन्धित कम्पनीका तर्फबाट कुनै पनि प्रतिक्रिया आएको छैन। तथापी बजगाँई विभिन्न हर्कतका कारण यसअघि पनि विवादीत बनिसकेका छन्।

bajgai-1731404463.jpg
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्