Nic Ad Nic Ad
Nic Ad Nic Ad

बयानपछि बार्दलीबाट रविले भने- खोरमा थुँनिदैमा बाघ स्याल हुँदैन

मंगलबार, कात्तिक २७, २०८१

काठमाडौं- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई ‘बाघ’को संज्ञा दिएका छन् ।

सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएर बाहिरिने क्रममा खोरमा थुनिँदैमा बाघ कहिल्यै स्याल नहुने बताए ।

उनले भने– ‘खोरमा थुनिँदैमा बाघ कहिल्यै स्याल हुँदैन ।’

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति लामिछाने २६ दिनदेखि प्रहरी हिरासतमा छन् । लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ ।

बयानकै लागि लामिछानेलाई पोखराबाट आजै बुद्ध एयरको विमान मार्फत भैरहवा पुर्‍याइएको थियो । लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयमा आज दिनभरि बयान लिइएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार