Nic Ad Nic Ad
Nic Ad Nic Ad

११ बुँदे माग राख्दै त्रिविमा अनेरास्ववियुद्वारा आन्दोलन सुरु

मंगलबार, कात्तिक २७, २०८१

काठमाडौँ- सत्तारुढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विभिन्न ११ बुँदे माग राख्दै त्रिभुवन विश्वविद्यालयमा आन्दोलन सुरु गरेको छ ।

मंगलबार अनेरास्ववियुको त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीले ११ बुँदे मागको सूची उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा टाँसेका छन् । आफूहरूको माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने अनेरास्ववियु त्रिवि जिल्ला कमिटी अध्यक्ष सिद्धान्त भट्टले जानकारी दिए ।अनेरास्ववियुले त्रिविमा कार्यरत आंशिक शिक्षकलाई स्वतः करार गर्न खोजेको भन्दै रोक्न माग गरेको छ । उसले त्रिवि सेवा आयोगमार्फत लेक्चरर र कर्मचारीको विज्ञापन तत्काल प्रकाशन गर्न र त्रिवि सेवा आयोगको परीक्षा सञ्चालनका लागि सबै आवश्यक व्यवस्था सुनिश्चित गर्न माग गरेको छ ।

त्रिविमा संकाय तथा संस्थानका डिन, कार्यकारी निर्देशक, विभागीय तथा क्याम्पस प्रमुखहरू पारदर्शी रूपमा नियुक्त गर्न पनि माग गरिएको छ ।

हाल ८ वटा संकायमा डिन रिक्त रहेको त्रिविमा पुस पहिलो सातादेखि सबै डिन पद रिक्त हुँदैछ । तर त्रिवि पदाधिकारीले राजनीतिक भागबण्डाका आधारमा डिन नियुक्त गर्न खोजेका कारण खबरदारी गरेको अध्यक्ष भट्टले बताए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्