Nic Ad Nic Ad
Nic Ad Nic Ad

धनराज गुरुङ भन्छन् : डिस्को र दोहोरीमा जान थालेपछि ज्योतिसँग सम्बन्ध बिग्रियो

मंगलबार, कात्तिक २७, २०८१

नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले सहकारीको रकम अपचलन प्रकरणमा आफू संलग्न नगरेको भन्दै दोस्रो स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत तीन पानाको विज्ञप्ति जारी गर्दै गुरुङले मितेरी सहकारी प्रकरणमा आफू दोषी नभएको बताएका हुन् । 

कमजोर आर्थिक स्थिति रहेकोले श्रीमतीलाई सहकारीमा जागिर लगाए पनि यही नै आफ्नो अभिशाप बनेको उनको भनाइ छ । 

‘म विद्यार्थी राजनीतिमा पहिल्यैदेखि लागेकोले मेरो कमजोर आर्थिक अवस्थाका कारणले मैले मेरो तत्कालीन श्रीमती ज्योतिलाई मितेरी सहकारीको सञ्चालक समिति अध्यक्ष कुम्भराज गुरुङसँग अनुरोध गरेर जागिरमा लगाएको थिएँ,’ गुरुङले भनेका छन्, ‘उक्त जागिरमा लगाउनु नै मेरा लागि आज ठूलो अभिशाप भएको महसुस मैले गरेको छु । २०६६ सालसम्म हाम्रो सम्बन्ध राम्रो थियो । तर, त्यसपछिका दिनहरूमा हामीबीचको सम्बन्धमा विस्तारै तिक्तता बढ्दै गयो। उनको रहनसहन नै बदलिन थाल्यो ।’ 

राति घरमा नआउने र आफूखुसी विदेश जाने गरेकोले सम्बन्ध थप चिसिएको उनले बताएका छन् ।

‘रातिसमेत समयमा घर नआउने, डिस्को, क्लब र दोहोरी जाने गरेको जानकारी मैले पाएँ । आफूखुसी कहिले बैंकक त कहिले सिङ्गापुर जाने क्रम बढेपछि हाम्रो सम्बन्ध झनै बिग्रिदै गयो’, गुरुङले भनेका छन् । 

आफू कृष्णप्रसाद भट्टराईको अनुयायी रहेको बताउँदै उनले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यको निकायले जहिले पनि छानबिन गर्न सक्ने बताएका छन् । बेथितिका विरुद्ध आफू लडिरहने भन्दै गुरुङले आफू सहकारी ठग नभएको दाबी गरेका छन् । ​

पूर्वश्रीमती ज्योति गुरुङ जहाँ भए पनि झिकाएर अनुसन्धान गर्न उनले माग गरेका छन् । निर्वाचनमा उम्मेदवारी दिँदा अरूले नै श्रीमतीको महलमा डिभोर्स भइसकेकी ज्योतिको नाम लेखिदिएको गुरुङले दाबी गरेका छन् । 

हेर्नुहोस्  गुरुङको विज्ञप्ति :

nullnull

null

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  २०:५७
प्रतिक्रिया दिनुहोस्