स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
काठमाडौँ -पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा लिस्कलाई भित्र्याएको हो ।
३४ वर्षीय लास्क अलराउन्डर हुन् । उनी लामो छक्का प्रहारका लागि परिचित छन् । उनले टी-२० मा ८० म्याच खेलेका छन् । जसमा ८५९ रन बनाउँदै ४५ विकेट लिएका छन् ।
पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले लास्कको आगमनले पोखराको खेल प्रदर्शन अब्बल हुने बताए । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीको आबद्वताले टिम र एनपीएलको भ्यालु बढाउने भन्दै खुसी व्यक्त गरे।
एनपीएलकै सबैभन्दा महँगो टिम पोखरामा नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की खेलाडीका रूपमा छन् ।
त्यस्तै, टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भएका छन् ।
त्यस्तै, आइपीएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजीव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रूपमा अनुबन्ध गरिसकेको छ । एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।