मुद्दा दर्ता गरिए रास्वपाका ‘क्रिम’ भनिएका यी नेताहरूलाई हुनेछ दण्ड
काठमाडौं– सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणमा अनुसन्धानका क्रममा रहेका सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध लिएको भन्दै अदालतलाई दबाबमा राख्ने रास्वपाका नेतालाई अवहेलना मुद्दा लाग्ने भएको छ।
दालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च पुगेको अदालतको अवहेलना निवेदन दर्ता गर्ने भएको छ। न्यायाधीश विनोद शर्माको इजलासले मंगलबार यसअघि सर्वोच्च प्रशासनबाट दरपिठ गरेको निवेदन दर्ता गर्न आदेश दिएको हो।
अनुसन्धानमा रहेकै अवस्थामा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका थिए।
पोखरामा लामो समयसम्म पार्टीका सबै नेता र सांसद आन्दोलनको नेतृत्व गर्न पुगेका थिए। यसैगरी भैरहवामा पनि प्रदर्शन भएको थियो।
अवहेलनासम्बन्धी मुद्दा दर्ता भए रास्वपाका क्रिम भनिएका स्वर्णिम वाग्ले, डीपी अर्याल, सुमना श्रेष्ठ, मनिष झा, सन्तोष परियार, सोबिता गौतम, तोषिमा कार्की, रमेश प्रसाईलगायतका पदाधिकारी, सांसद र केन्द्रीय सदस्यमाथि अदालतलाई दबाबमा राखेको मानिनेछ।
यसै पनि रास्वपाको पूरै पार्टी पंक्ति सरकारको बिरोधका नाममा अदालत अगाडि प्रदर्शनमा उत्रिरहेका थिए। यहाँसम्मकी झडप र अश्रुग्याँस प्रहारसम्मको अवस्था आएको थियो।