Nic Ad Nic Ad
Nic Ad Nic Ad

महानगरमा कर्मचारी विवाद: समस्या समाधानका लागि समिति गठन

बुधबार, कात्तिक २८, २०८१

पोखरा -कर्मचारी विवाद समाधानका लागि समिति गठन गरिएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाको संयोजकत्वमा काँग्रेस र एमाले वडाध्यक्ष र सदस्य सम्मिलित समिति गठन गरिएको हो ।

समितिको सदस्यहरूमा ४ नम्बर वडाध्यक्ष देवकृष्ण पराजुली, ५ का अध्यक्ष बिष्णु प्रसाद बराल, १३ का अध्यक्ष किरण बराल, १५ का अध्यक्ष तोरण बानियाँ छन् । यस्तै, ३० नम्बरका सदस्य विनोद लामिछाने, १६ का सदस्य रामचन्द्र आचार्य, २२ की सदस्य कृष्ण कुमारी पौडेल र २८ की डाल्डादेवी भुजेल पनि सदस्य छन् ।

 

उनीहरूलाई समाधानको उपाय सुझाउन ३ दिनको म्याद दिइएको छ । ‘महानगरपालिकामा वर्तमान समयमा कर्मचारी परिचालन र व्यवस्थापन लगायत महानगरमा देखिएका अन्य विभिन्न समस्याका सम्बन्धमा गहन छलफल तथा विचार विमर्श गरी ३ दिनभित्र समाधानका उपायहरू सहितको सुझाव पेस गर्न तथा सहजीकरण गर्नका लागि सहजीकरण समिति गठन गरिएको छ,’ निर्णयमा भनिएको छ ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्