कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज दिउँसो आकस्मिक पत्रकार सम्मेलन घोषणा गरेका छन् ।
‘डेडिकेटड’ र ‘ट्रंक लाइन’ महसुल बक्यौता विवादमा सरकार र उद्योगीसँग लामो माथापच्ची चलिरहेका बेला घिसिङले २ बजेको लागि पत्रकार सम्मेलन गर्न लागेका हुन् ।गत आइतबारको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महसुल बक्यौता विवादमा विद्युत् आपूर्ति बन्द गरिएका ६१ उद्योगमा लाइन जोड्न निर्देशन दिएको थियो ।
यहीबीच कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रंक लाइन विवाद, सरकार र उद्योगीसँगको विवाद लगायत विषयलाई लिएर आज दिउँसो २ बजे प्राधिकरण केन्द्रीय कार्यालय रत्नपार्कमा पत्रकार सम्मेलन घोषणा गरेका हुन् ।
त्यसपछि सोमबार ऊर्जा मन्त्रालयले प्राधिकरणलाई ती उद्योगमा लाइन जोड्न निर्देशक दिएको थियो । उनले बाध्य भएर हिजो रातिदेखि केही उद्योगमा विद्युत् आपूर्ति गरिसकेका छन् ।