Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्णाली याक्सले कर्णालीको ‘ट्यालेन्ट हन्ट’ शुक्रबार गर्ने

बुधबार, कात्तिक २८, २०८१

काठमाडौं- हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ‘ट्यालेन्ट हन्ट’ कार्तिक ३० अर्थात शुक्रबार गर्ने भएको छ ।

कर्णाली याक्समा मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल कर्णाली पुगेर कर्णालीका प्रतिभावान खेलाडी छनोट गर्नेछन् ।

‘कर्णाली याक्सले कर्णालीको प्रतिभावान खेलाडी शुक्रबार छनोट गर्दैछ,’ प्रशिक्षक मल्लले जानकारी गराए, ‘हामी कर्णालीमा रहेका र अक्सनबाट छुटेका खेलाडीलाई पनि समेट्ने प्रयास गर्नेछौं ।’

कर्णाली याक्सका सह-मालिक गृहेन्द्र घिमिरेले ट्यालेन्ट हन्ट विरेन्द्रनगरको कर्णाली रंगशालामा हुने जानकारी गराए ।

कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका तीव्र गतिका बलर सोमपाल कामी छन् । यस्तै टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् ।

कर्णाली याक्सले विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ । वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपिएपल खेल्ने पक्का भइसकेको छ ।

नेपाली अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

टिमको हस्पिटालिटी पार्टनरमा हिल्टन होटल रहेको छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार