Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ जना विद्यार्थी दीक्षित

बुधबार, कात्तिक २८, २०८१

सुर्खेत- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ जना विद्यार्थी दीक्षित भएका छन् ।

बुधबार प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ५८ जना विद्यार्थी दिक्षित भएका हुन् ।

पहिलो पटक दीक्षित भएका विद्यार्थीहरुमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र तहमा अध्ययन पूरा गरेकाहरु रहेका छन् । प्रतिष्ठानका अनुसार स्नातकतर्फ १३ जनाबीएमएस, ३८ जना बीपीएच, र स्नातकोत्तरतर्फ एमडीजीपीमा ३, एमडी एनेस्थेसियामा १ तथा एमडी पेडियाट्रिक्समा १ विद्यार्थी दीक्षित भएका छन् ।

दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री ओलीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि समारोहमा सहभागी भए।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्