Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङसँग सीआईबीले ५ घन्टा लियो बयान

बुधबार, कात्तिक २८, २०८१

काठमाडौं– सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई ५ घन्टा बयान दिएका छन्। 

सीआईबी कार्यालय लाजिम्पाटमा पुगेर गुरुङले बयान दिएका हुन्। 

गुरुङलाई बुधबार सीआईबीमा बोलाएर प्रहरीले मितेरी सहकारीको १४ करोड रुपैयाँ हिनामिनाको सत्य तथ्यबारे बयान गराएको थियो। 

पूर्वपत्नी ज्योति गुरुङले अपचलन गरेको रकम सहकारीबाट लिएको ऋण र उनले भुक्तान गरेको भनिएको ९२ लाखसम्बन्धी विषयमा सोधपुछ गरिएको थियो। गुरुङ करिब साढे ११ बजे सीआईबी पुगेका थिए। साढे ४ बजेसम्म उनको बयान गराइएको थियो। 

मितेरी सहकारीमा तिरेको भनिएको ऋणका बारे प्रष्टीकरण दिएका छन्। उपसभापति गुरुङले लिखित बयान दिएका छन्। पूर्वपत्नी ज्योति गुरुङको नाममा सहकारीबाट १ करोड १३ लाख ऋण प्रवाह भएको छ। गुरुङले मंगलबार मात्र पूर्वपत्नीका विषयमा एउटा भावुक विषय सार्वजनिक गरेका थिए। 

ज्योतिले १ करोड १३ लाख तिरेको देखिए पनि ८४ लाखको दायित्व धनराजले लिएका थिए। ज्योती फरार रहेका कारण प्रहरीले रेड कर्नर नोटिस जारी गरिसकेको छ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्