पार्टीका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको पूर्वप्रकाशित तालिकाअनुसार आकांक्षी उम्मेदवारबीच छलफल र पार्टीको स्थानीय नेतृत्वको सिफारिसपछि उम्मेदवार छनोट गरिएको पार्टीको स्थानीय तह उपनिर्वाचन संयोजन समितिले जनाएको हो ।
उम्मेदवार प्रारम्भिक निर्वाचनमा निर्वाचित भई पार्टीको तर्फबाट आसन्न उपनिर्वाचनमा ‘घण्टीवाहक’ उम्मेदवारका रुपमा चयन गरिएको प्रतिनिधिसभा सदस्यसमेत रहेका समितिका संयोजक गणेश पराजुलीले जानकारी दिएका छन् ।