Nic Ad Nic Ad
Nic Ad Nic Ad

चन्द्रप्रसाद ढकालले भने-महासंघले लगानी प्रवर्द्धनमा नियोगहरूलाई सघाउँछ

बुधबार, कात्तिक २८, २०८१

काठमाडौँ -नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवर्द्धनका लागि विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिबद्धता जनाएका छन् ।

विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतसँग अन्तर्क्रियामा महासंघले विदेशी लगानी सहायता कक्ष नै स्थापना गरी लगानी प्रवर्द्धनका लागि लगानीकर्ता र सरकारबीच पुलको काम गर्न खोजिरहेको उनले बताए ।

‘हाम्रो संयन्त्रलाई भरपुर उपयोग गरी आर्थिक कूटनीति विस्तार गर्न हामी आग्रह गर्न चाहन्छौँ,’ उनले भने, ‘यसमा महामहीमज्यूहरूले पनि अग्रसरता लिइदिनुपर्‍यो ।’

नेपालमा वातावरण बन्दै गए पनि लगानी प्रोत्साहित हुन नसकेको सन्दर्भमा उनले नवनियुक्त राजदूतहरूलाई आर्थिक कूटनीतिलाई कार्य सम्पादनको मानकका रूपमा मानेर काम गर्न आग्रह गरे । अध्यक्ष ढकालले महासंघको अन्तर्राष्ट्रिय सञ्जाललाई पनि नियोगहरूले उपयोग गर्न सक्ने बताए । महासंघको विश्वभर करिब ५० निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था एवं चेम्बरहरूसँग सहकार्य रहेको उनले बताए ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्