आत्मरक्षा तालिमले आत्मविश्वास बढाउँछ : मन्त्री यादव
वीरगञ्ज– खानेपानीमन्त्री प्रदीप यादवले आत्मरक्षा तालिमबाट किशोरीहरूमा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरेको बताएका छन् ।
वीरगञ्जका छात्राहरूको आत्मबल बढाउनका लागि वीरगञ्ज महानगरपालिकाद्वारा आदर्शनगरस्थित रङ्गशालामा आयोजित बृहत् आत्मरक्षा तालिम कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले आत्मरक्षा तालिमले किशोरीमा आत्मविश्वास गर्ने बताए।
मन्त्री यादवले भने, ‘आत्मरक्षा तालिमले किशोरीमा आत्मविश्वास र आत्मनिर्भरताको विकास गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने छ । यो तालिम महिला र किशोरीका लागि निकै उपयोगी हुनेछ ।’
तालिमको सफलताका लागि वीरगञ्ज महानगरपालिका, नेपाल–भारत सहयोग मञ्च र अन्य सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्दै मन्त्री यादवले भविष्यमा यस्ता तालिमलाई अन्य जिल्लामा पनि विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सहभागी सबै किशोरीहरूलाई तालिममा प्राप्त सीपलाई जीवनमा सकारात्मक तरिकाले प्रयोग गर्न सुझाव दिए।