Nic Ad Nic Ad
Nic Ad Nic Ad

ताजिकिस्तानसँग नेपाल ४-० गोल अन्तरले पराजित

बुधबार, कात्तिक २८, २०८१

काठमाडौं – नेपाल ताजिकिस्तानसँग पराजित भएको छ । ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजिकिस्तानसँग ४–० गोल अन्तरले पराजित भएको हो ।

नेपालले पहिलो हाफमा ३ गोल खाएको थियो भने दोस्रो हाफमा एक गोल खाएको थियो । अब नेपालले यसै मैदानमा आगामी शनिबार अफगानिस्तानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

फिफा वरियता १५१औं स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ । जसमा ३ खेलमा जित हासिल गरेको छ, २ बराबरी खेलेको छ भने एक खेलमा हार बेहोरेको छ । २०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक फुटबल खेल्दै छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  २१:०९
प्रतिक्रिया दिनुहोस्