Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ विश्वकै छैटौँ प्रदूषित सहर बन्यो

बिहीबार, कात्तिक २९, २०८१

काठमाडौँ - आईक्यू एयरको बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँको एक्यूआई १ सय ७० रहेको छ । हावाको यो गुणस्तरलाई अस्वस्थ मानिन्छ ।

पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा कायम रहेको छ । त्यहाँको एक्यूआई ७०८ रहेको छ । यो निकै खतरनाक मानिन्छ । उता, भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ । त्यहाँ एक्यूआई ४२४ मापन गरिएको छ ।

तेस्रो स्थानमा भियतनामको हानोई रहेको छ भने चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका सहर रहेको छ ।


 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्