Nic Ad Nic Ad
Nic Ad Nic Ad

पब्जी विश्वकपमा डिआरएस पहिलो खेल खेल्दै, CANADANEPAL.COM को युट्युव च्यानलबाट लाइभ

बिहीबार, कात्तिक २९, २०८१

काठमाडौँ- पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप  अर्थात् पब्जी विश्वकप अन्तर्गत आज नेपालको डिआरएस गेमिङले आफ्नो पहिलो खेल खेल्ने भएको छ । ग्रिन ग्रुप अन्तर्गत डिआरएसले आज विभिन्न देशका १५ टिमसँग प्रतिस्पर्धा गर्नेछ । 

समीर गुरुङको नेतृत्वमा दीपेश गुरुङ, साहस भण्डारी, सन्देश प्रधान र शीतल राईले आज डिआरएसको तर्फबाट खेल्नेछन् । मलेसियाको राजधानी क्वालालाम्पुरमा हुने यो खेल नेपाली समय अनुसार साँझ ४स्३० बजे देखि सुरु हुनेछ । यो खेलको लाइभ 'CANADANEPAL"को युटुब च्यानलबाट हुनेछ । 

 ग्रिन ग्रुपमा रहेका टिमले चार दिन लगाएर २४ खेल खेल्नेछन् । जसमध्ये अङ्क तालिकाको शीर्ष ३ टिम सोझै फाइनल पुग्ने छ ।

तालिका ४ औँ देखि ११ औँ टिम भने ‘सर्भाइबल स्टेज’ मा पुग्नेछन् । बाँकी टिम भने प्रतियोगिताबाट बाहिरिने छन् । सर्भाइबल स्टेजमा रहेका २४ टिम फेरि ३ समूह गरी ८ टिममा विभाजन हुनेछन्। यो स्टेजबाट १६ टोली अर्को चरणमा पुग्नेछन् भने अङ्क तालिकाको अन्तिममा रहेको ८ टिम प्रतियोगिताबाट बाहिरिने छन्। ‘

लास्ट चान्स’मा पुगेका १६ टिम मध्ये ६ टिम फाइनलमा पुग्नेछन् ।

पब्जी विश्वकपको फाइनल खेलमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् जसमध्ये एक घरेलु टिम सोझै फाइनल खेल्नेछ। फाइनलमा १८ खेल हुनेछन् जसले पब्जी विश्व विजेता निर्धारण गर्नेछ। डीआरएस योसहित लगातार ५ पटक विश्वकप खेल्दै छ। गत पब्जी विश्वकप २०२२ मा डीआरएसले दोस्रो स्थान हासिल गरेको थियो। डीआरएसले पुरस्कार स्वरूप कुल ३ करोड ८६ लाख नेपाली रुपैयाँ पुरस्कार जितेको थियो।

लाइभ हेर्न यो लिक खोल्नुहोस्

https://www.youtube.com/live/Q-HvZe2jJns

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्