Nic Ad Nic Ad
Nic Ad Nic Ad

संविधान संशोधन गरेर प्रदेशको अधिकार बढाऊँ : मुख्यमन्त्री कार्की

बिहीबार, कात्तिक २९, २०८१

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान संशोधन गरेर प्रदेश संरचनाको अधिकार र प्रभावकारिता बढाउन सकिने बताएका छन्।

बिहीबारबाट विराटनगरमा सुरु मुख्यन्यायाधिवक्ताहरूको छैठौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले संविधानले निर्दिष्ट गरेका अधिकार नदिँदा प्रदेश सरकारले कामै गर्न नसक्ने अवस्था आएको र जनतामा प्रदेश संरचना प्रति वितृष्णा उत्पन्न हुने गरेको उल्लेख गरे ।

यसका लागि तत्काल संविधान संशोधन गर्नुपर्ने उनले बताए । मुख्यमन्त्री कार्कीले संविधानमा रहेको त्रुटी तथा कमजोरीहरू सच्याएर तीन तहको संरचना आवश्यक छ कि छैन भन्ने अन्यौल पनि हटाउनुपर्ने बताए ।

उनले एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिअनुसार संविधान संसोधन अतिआवश्यक भएको र निर्वाचन प्रणाली लगायतयका विषय परिमार्जन तथा परिष्कृत गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकिने बताए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्