नेभिगेशन
सूचना प्रविधि

संस्कृतिलाई सुन्दर हिसाबले प्रस्तुत गर्दै ‘हाम्रो पात्रो’ले ल्यायो नयाँ अपडेट

काठमाडौं– नेपालको धार्मिक सांस्कृतिक विषयलाई जनतामाझ सहज हिसाबले प्रेषित गर्ने उद्देश्यसाथ हाम्रो पात्राले नयाँ अपडेट जारी गर्ने घोषणा गरेको छ। 

हाम्रो पात्रोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर उप्रेतीले यस्तो जानकारी गराएका हुन्। 

‘हाम्रो पात्रोको हाम्रो सबैभन्दा ठूलो अपडेट जारी गर्ने तयारीमा छौं। हाम्रा डिजाइनरहरू र वेभ विकास गर्ने टीमले कसरी हाम्रो संस्कृतिलाई सुन्दर ढंगले एनिमेटेड प्रस्तुती दिन सक्षम भएकोमा  खुसी छु।’

उनले नयाँ संस्करणमा प्रयोगकर्ताहरूले यसको प्रयोग सहज हिसाबमा गर्न सक्ने उल्लेख गरेका छन्। 

उनले भनेका छन्,‘के तपाईंले अझै प्रयास गर्नुभयो? हामी आगामी दिनहरूमा हाम्रो नयाँ अपडेटको बारेमा थप विवरणहरू जानकारी दिनका लागि पर्खिन सक्दैनौं।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सूचना प्रविधि