रविलाई छुटाउन तात्यो रास्वपा टोली, सांसदहरूले प्रधानमन्त्री ओलीलाई भेट्ने समय मागे
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटका लागि समय मागेका छन्।
प्रधानमन्त्रीको सचिवालयसँग कुरा गरेर समय माग गरे पनि पाएका छैनन्। सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध लिएको भनी सडकमा रहेको रास्वपाका सांसदहरूले प्रधानमन्त्री ओलीलाई समग्र सहकारीको समस्या समाधानको विषयमा ज्ञापनपत्र बुझाउनेछन्।
सोही ज्ञापनमा व्यक्ति केन्द्रित भन्दा पनि समस्या केन्द्रित रहन सरकारलाई आग्रह गरिने भएको छ।
सभापति लामिछाने पक्राउ गरिएपछि पहिलो पटक म्याद थपका बेलामा सरकारविरुद्ध आन्दोलनमा उत्रिनका लागि उद्घोषण भएको थियो। लामिछानेले ओली सरकार ढाल्नका निम्ति आह्वान पनि गरेका थिए।
त्यसपछि प्रधानमन्त्री ओलीलाई भेट गर्नका लागि उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार बालुवाटार पनि पुगेका थिए।
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१ १५:३४
प्रतिक्रिया दिनुहोस्