Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्णबहादुरको सारङ्गीका कारण वितरकले ‘कँगुवा’ नेपालमा ल्याएनन्, ह्रस्व–दीर्घलाई पनि मर्का

बिहीबार, कात्तिक २९, २०८१

काठमाडौं– विहीबारदेखि तेस्रो हप्तामा आक्रामक व्यापार गरिरहेको ‘पूर्णबहादुरको सारङ्गी’का कारण दक्षिण भारतीय स्टार सूर्या र बबी देओल अभिनित कँगुवा नेपालमा भित्रन सकेको छैन।

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको कँगुवा ल्याउन वितरक डराएका हुन्। हलहरूमा व्यापक शो पाइरहेको र फिल्म पनि आक्रामक हिसाबले चलेका कारण करोडौं लगानी गरेर कगुवा ल्याउनका लागि नेपालका वितरक कम्पनी डराएका हुन्। 

शुक्रबारदेखि नेपाली र हिन्दी भाषामा बनेको निता ढुंगाना निर्मित ‘ह्रस्व–दीर्घ’ पनि रिलिज हुँदैछ। तर, महँगो लगानीमा बनेको उक्त फिल्मलाई पनि पूर्णबहादुरको सारङ्गीले मर्कामा पारेको छ। 

देशभर उक्त फिल्मले जम्मा १२८ शो मात्र पाएको छ। वान सिनेमाका म्यानेजरका अनुसार शुक्रबार पनि पूर्णबहादुरको सारङ्गीको अग्रिम बुकिङ ह्रस्व दीर्घको भन्दा ब्यापक छ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्