Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुपन्देहीमा रवि लामिछानेको बयान सकियो, पोखरा पठाउने तयारी

बिहीबार, कात्तिक २९, २०८१

काठमाडौँ- रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको रुपन्देहीमा तीन दिनको बयान सकिएको छ । पहिलो दिन मौखिक प्रश्नको जवाफ र दोस्रो र तेस्रो दिन ७० भन्दा बढी लिखित प्रश्नको जवाफमा उनले सहकारी ठगीमा संलग्नता ठाडै अस्वीकार गरेका छन् ।

अनुसन्धानमा संलग्न रहेका एक अधिकृतका अनुसार उनले सोधिएका सबै प्रश्नमा आफू कतै पनि सहभागी नभएको जनाएका छन् ।उनलाई आजै पोखरा पठाइने भएको छ । २६ दिनदेखि सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका उनलाई मंगलबार रूपन्देही लगिएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्