नेभिगेशन
मनोरञ्जन

निश्चल बस्नेतको लगानीमा मण्डलामा ‘रैती’

काठमाडौं– फिल्म निर्देशक तथा कलाकार निश्चल बस्नेतको निर्माणमा मण्डला थिएटर थापा गाउँमा ‘रैती’ नाटक १० दिनसम्म चल्ने भएको छ। 

शुक्रबारदेखि ९ कात्तिकसम्म उक्त नाटक प्रदर्शन हुने कलाकार सचिन दाहालले बताए। 

नाटक काल्पनिक धरातलमा उभिएको र यसले दुई गाउँको अनौठो कथालाई बोकेको छ। नेपाली समाजको व्यथासँग मिल्नेगरी दिवेश खत्रीले नाटक लेखेका छन्। 

लोककथा शैलीको यो नाटकले एउटा गाउँमा छोरी नजन्मिने श्रापको सामना गरेका आमा र अर्को गाउँमा छोरा जन्माउन नसकेर घर छाड्न बाध्य आमाको संघर्षगाथालाई उनेको छ।

‘रैती एक पारिवारिक नाटक हो, जसले दैनिक जीवनको चक्र व्यवस्थापन गर्न परिवार वा समाजमा महिलाको महत्वलाई उजागर गर्छ’, कलाकार दाहालले भने। 

यस नाटकले के सन्देश दिन्छ त्योचाहिँ हेरेपछि थाहा होला तर रैती भन्ने शव्दको नेपाली प्रचलनचाहिँ ००७ सालमा राजा त्रिभुवनले गरेका थिए। 

आधुनिक युगमा जनता भए पनि राजतन्त्रात्मक र प्राचिन कालमा प्रजालाई रैती भन्ने चलन थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन