काँग्रेसको दलित समुदाय समन्वय विभागमा १० सदस्य मनोनीत
काठमाडौँ -नेपाली काँग्रेसले दलित समुदाय समन्वय र सशक्तीकरण विभागमा सदस्य मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले विभागमा १० सदस्य मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
उनका अनुसार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय लक्ष्मी परियार प्रमुख विभागको सदस्य मनोनयन गरेका हुन् ।
मनोनयन हुनेमा रामकृष्ण लकान्द्री-तेह्रथुम, दीपक सोनी-दैलेख, कलावती पासवान-बारा, विपेन्द्र रामुदामु-चितवन, कुमार टेलर-डोटी, शान्ता सुनार-धादिङ, प्रकाश घतानी-काठमाडौँ, सुनिल बुढाथोकी-पाल्पा, कुमारी सार्की-कैलाली र केदार गान्धारी-गोरखा रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१ १८:५८
प्रतिक्रिया दिनुहोस्