Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं महानगरद्धारा १२ जना बालबालिकाको उद्धार

बिहीबार, कात्तिक २९, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले मंगलबार र बुधबार २ दिनमा १२ जना बालबालिकालाई श्रम र असुरक्षित बाल गृहबाट उद्धार गरेको छ ।

महानगरपालिकाले मंगलबार वडा नंं १ मा रहेको एक खाजा घरबाट जोखिमपूर्ण श्रममा भेटिएका १४ वर्षीय बालकलाई उद्धार गरेको थियो । बुधबार वडा नं. २ खुर्सानीटारमा रहेको बेसहारा असहाय बाल सुधार संघ नामक संस्थाका राखिएका १० जना बालक र १ जना बालिकाको उद्धार गरेको हो। उद्धारपछि राष्ट्रिय बाल अधिकार परिषद्ले सबै बालबालिकाको अस्थायी संरक्षणको मिलाएको छ ।

उद्धार भएका बालबालिकाको पारिवारिक लेखाजोखा र मनोविमर्श गरिनेछ । उद्धारमा खटिएका बाल संरक्षण अधिकृत सुनिता शाह भन्छिन्, ‘लेखाजोखा र मनोविमर्शपछि प्राप्त हुने मनोसामाजिक प्रतिवेदनका आधारमा पारिवारिक पुनर्मिलन तथा वैकल्पिक हेरचाहको प्रबन्धमध्ये कुनमा लैजाने भन्ने निर्णय हुनेछ ।’

महानगरपालिकाको हटलाइन नम्बरमा बालबालिकाको नाजुक अवस्था रहेको, उनीहरूका नाममा अवैध चन्दा संकलनलगायत काम भइरहेको सूचना प्राप्त भएको थियो । महानगरले प्राप्त सूचनाका आधारमा २ ठाउँमा एकै पटक अनुगमन गरेको हो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्