Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक पौडेललाई एकपछि अर्को ‘बौद्धिक चोरी’को आरोप, उजुरी गरे कानुन लाग्छ

बिहीबार, कात्तिक २९, २०८१

काठमाडौं– नेपाली फिल्म उद्योगमा नै इतिहास बनाइरहेको ‘पूर्णबहादुरको सारङ्गी’का लेखक तथा निर्देशक सरोज पौडेललाई एक पछि अर्को चोरीको आरोप लागिरहेको छ। 

‘लाज’ फिल्म बनाउनका लागि स्कृप्ट तयार पारेका अर्का लेखक तथा निर्देशक अजित लामिछानेले सुनाएको कथाको प्लट चोरी भएको दाबी गरेका छन्। 

२०७१ सालमा स्कृप्ट प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा दर्ता भएको ‘लाज’का लेखक लामिछानेले प्रमाणसहित सामाजिक सञ्जालमा प्लट चोरीको आरोप लगाएका हुन्। 

यस्तो छ पौडेलमाथि उनको आरोप

यसअघि राजनीतिक कथावस्तुमा आधारित उपन्यास सङ्ग्रामपुरका लेखक डा. शिवशंकर बस्यालले पूर्णबहादुरको सारंगीको मूल कथावस्तु नै आफ्नो उपन्यासबाट लिइएको दाबी गरेका थिए।

बस्यालका अनुसार पूर्णबहादुरको सारंगीले उनको उपन्यासका पात्र रूपमान र समीरलाई  पूर्णबहादुर र कमल मूलपात्रका रूपमा उतारेको छ । संग्रामपुरमा जस्तै पत्नी वियोगको रहस्यमयी प्रसंग पनि उसैगरी फिल्ममा समेटिएको सर्जन बस्यालको जिकिर थियो।

यति मात्र नभएर छोराको पालनपोषणमा दिलोज्यान दिई लाग्ने पूर्णबहादुरको शैली उनको उपन्यासको मूल पात्र रूपमानसँग ठ्याक्कै मिल्दो रहेको पनि बस्यालको दाबी थियो। 

तर निर्देशक पौडेलले अहिलेसम्म उक्त उपन्यासको नाम पनि नसुनेको र बाबु बितेपछि यो कथा तयार पारेको बताएका थिए। 

कानुनकर्मी स्वागत नेपालका अनुसार प्रमाण र पर्याप्त आधार भए निर्देशक पौडेलमाथि प्रतिलिपि कानुन लाग्ने बताएका छन्। उनले क्यानडा नेपालसँग भने,‘सुनाएको मात्र भन्ने आधारमा त कानुन आकर्षित हुँदैन। तर, पर्याप्त प्रमाण भए प्रतिलिपि कानुन लाग्छ।’

यो पनि पढ्नुहोस् 

सफल भएको ‘क्रान्ति’ देख्न नपाएको पूर्णे अर्थात् ‘पूर्णबहादुरको सारङ्गी’

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १९:४२
प्रतिक्रिया दिनुहोस्