Nic Ad Nic Ad
Nic Ad Nic Ad

गगन थापाका विभिषण बनेर हिँड्याहरू रास्वपाको कार्यबाहक बन्ने ध्याउन्नमा छन् तर तगारोको छ

बिहीबार, कात्तिक २९, २०८१

काठमाडौं– डा. स्वर्णिम वाग्लेको प्रवेश र तनहुँ–१ मा निर्वाचन जितका कारण रास्वपा सभापति रवि लामिछाने झस्किएका थिए। राजनीतिमा अनेक आग्रहलाई अस्वीकार गर्न नसक्ने अवस्था आएपछि स्वभाविक रुपमा वाग्लेलाई उपसभापति बनाउनुपर्ने बाध्यता आइलाग्यो। 

डा. मुकुल ढकाल दाहिना बनाएर पार्टीमा हुकुमतको अधिकार दिए, लामिछानेले। यहाँसम्मकी लामिछानेपछिका शक्तिशाली ढकाल थिए। तर, ढकालको दाबी छ,‘लामिछानेलाई मुखौटा बनाउने मै हुँ, पार्टीको सबै विधानदेखिका अन्य विषय मैले तयार पारेको थिएँ।’

ढकाल महामन्त्री हुँदा र लामिछानेको सुइरो बन्दा केन्द्रीय समितिदेखि सबैमा लामिछाने अल्पमतमा पर्ने अवस्था आएपछि केही विवादीतसहितका ग्यालेक्सीका कर्मचारी ल्याएर केन्द्रीय समितिमा भर्ती गराए। 

‘त्यसबेला केन्द्रीय समितिमा विस्तार गर्ने प्रस्ताव थिएन। तर थपिएका मानिस सबै लामिछानेका सिफारिस थिए’, उच्च स्रोतले भन्यो,‘सन्तुलित बनाउने नाउँमा आफू बर्चश्वमा बस्ने लामिछानेको धेय पूरा भयो।’

चुनावपूर्व वाग्लेले नेपाली कांग्रेसमाथि अत्यन्त प्रहार गरे। राष्ट्रिय गानको सर्जकसम्मको हेक्का नराख्ने वाग्ले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सिफारिसमा कांग्रेसको घोषणापत्र लेख्ने टोलीमा थिए। साथमा थिए, मनिष झा पनि। 

अहिले लामिछानेका सबैभन्दा चहिता मानिन्छन् झा। उनकै भाषणका कारणले १९ जना सांसदमाथि अबहेलनाको मुद्दा लाग्दैछ, निशा डाँगीबाहेक। 

‘हामी त राजनीतिमा यसरी होमियौं कि यहाँ मुद्दा बनाउने कि व्यक्ति जोगाउने भन्ने अवस्था भयो’, एक जना नेता भन्छन्,‘होइन भनौं भने हो जस्तो, हो भनौं भने होइन भन्ने उर्दी छ’, लामिछानेको सहकारी ठगी सन्दर्भ जोड्दै ति नेता भन्छन्। 

अहिले सबैभन्दा आवेगमा छन्, वाग्ले। उनी थापाले कांग्रेसमा छोटो समयमा प्रश्रय गरेका व्यक्ति हुन्। सुशील कोइरालाको पालामा योजना आयोगमा थापाले नै जोडबल गरी छिराएका थिए। तर, जसरी रावणको मृत्युको कारण विभिषण बनेका थिए त्यसरी नै गगनको राजनीतिक क्षयको कारण बनिरहेका छन् वाग्ले। 

अर्का छन् डीपी अर्याल, रविका लगानीकर्ता। कुनै बेला गाडीको प्रश्नमा रविका खास पात्र दीपक बोहोराले भनेका थिए,‘यो डीपी अर्याल दाईले दिएको गिफ्ट हो।’

रवि हिरासतमा लामो समयसम्म रहँदासम्म कार्यबाहक सभापति तोकेका छैनन्। त्यहाँ कांग्रेसका विभिषण र अर्यालको जुहारी चल्न सक्ने एउटा सम्भावित कारण हो भने अर्कोचाहिँ रविको आत्मकेन्द्रित आत्मरती समेत देखिन्छ।

रास्वपा अहिले रविको बचाऊमा आन्दोलनमा मात्र लागेको छैन, रिहाईको याचनासहित प्रधानमन्त्री केपी शर्मा ओलीको दर्शनभेट पनि माग गरिरहेको छ। तर ओलीले वास्ता गरेका छैनन्।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  २१:०६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार