‘कर्मा’मा उपासना र मुकुन अनुबन्धित
काठमाडौं - मंसिर तेस्रो हप्ताबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमा ‘कर्मा’मा कलाकारको लाइनअप रोचक बन्ने देखिएको छ । यसअघि नै सिनेमाको मुख्य भूमिकामा अभिनेता विपिन कार्की अनुबन्धित भैसकेका छन् ।
यसैबीच सिनेमाको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता मुकुन भुषाल पनि अनुबन्धित भएका छन् । सिनेमामा उपसना अभिनेता विपिन कार्कीको जोडीको रुपमा देखिने छिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिन लागेको जानकारी प्राप्त छ ।
‘कर्मा’को निर्देशन सौरभ चौधरीले गर्दैछन् । उनले यसअघि ‘अगस्त्यः च्याप्टर-१’को निर्देशन गरेर निकै तारिफ पाएका थिए । सिनेमा एक्सन ड्रामा जनरामा निर्माण हुने बताइएको छ । निर्देशक चौधरीका अनुसार यो सिनेमामा अभिनेता विपीनलाई एक्शन भूमिकामा देख्न पाइनेछ ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालले लगानी रहनेछ । सिनेमामा विपिन, उपासना र मुकुनका अलवा अन्य कलाकारहरू छनोटको चरणमा छ । निर्देशक सौरभ चौधरीलाई ‘अगस्त्यः च्याप्टर-१’बाट दर्शकहरू र समीक्षकहरूको राम्रो प्रतिक्रिया प्राप्त भएको थियो ।