मौसम नखुलेका कारण रास्वपा सभापति रवि लामिछाने भैरहवामा नै, १२ बजेपछि कास्की लैजाने तयारी
काठमाडौं– मौसम नखुलेका कारण जहाज उड्न नसकेपछि बयानका लागि रुपन्देही रहेका रास्वपा सभापति रवि लामिछानेलाई शुक्रबार १२ बजेपछि मात्र पोखरा लग्ने तयारी भएको छ।
रास्वपाका नेता मिलन लिम्बुका अनुसार अहिले मौसम खराब भएका कारण प्रहरीले १२ बजेपछि लैजाने तयारी गरेको हो।
सुप्रिम सहकारीको रकम अपचलनको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्की हिरासतमा रहेका लामिछानेलाई मंगलबार सरकारी वकिलको कार्यालय भैरहवामा बयानका लागि लगिएको थियो।
कास्कीमा भने सूर्यदर्शन सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणको अभियोगमा लामिछानेमाथि अनुसन्धानसँगै बयान गराउने काम भइरहेको थियो।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१ १०:५१
प्रतिक्रिया दिनुहोस्