बैंकहरूले मंसिरका लागि पनि घटाए ब्याजदर, एउटालेचाहिँ के गरेछ? (सूचीसहित)
काठमाडौं– मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्। कात्तिकसहित अघिल्ला महिनामा पनि लगातार ब्याजदर बैंकहरूले घटाएका थिए।
कात्तिकमा २० वाणिज्य बैंकको ब्याजदर औसत ६.१८ प्रतिशत थियो। मंसिरमा ०.२० प्रतिशत विन्दुले ब्याजदर घटाइएको छ। २० वाणिज्य बैंकका औसत ब्याजदर मंसिरमा ५.९८ प्रतिशत कायम हुने भएको छ।
२० वाणिज्य बैंकमध्ये मंसिरका निम्ति ११ वटाले ब्याजदर घटाएका छन्। आठ वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका छन्। सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले भने कात्तिकको तुलनामा ०.२० प्रतिशत विन्दुले ब्याजदर बढाएको छ।
बैंकमा पैसा थुप्रँदै गएपछि लागत घटाउन पनि बैंकहरू निक्षेप संकलन कम गर्न खोज्छन्। उद्योगी र व्यवसायीबाट कर्जाको माग नभएपछि बैंकहरूमा पैसा थुप्रिएर बसेको छ।
हेर्नुहोस् सूची
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१ ११:२५
प्रतिक्रिया दिनुहोस्