Nic Ad Nic Ad
Nic Ad Nic Ad

गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु

शुक्रबार, कात्तिक ३०, २०८१

गण्डकी– गत पुस र माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् । यस वर्ष पहिलोपटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेंगु सङ्क्रमणबाट मृत्यु भएको थियो ।

त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कास्कीमा भदौ २१, असोज २, १४ र कात्तिक ४ गते गरी क्रमशः ८१, ७०, ७५ र २६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

यस अवधिमा कास्कीमा सबैभन्दा बढी आठ हजार नौ सय ७९ जना र सबैभन्दा कम मनाङमा मात्र छ जनामा डेंगु सङ्क्रम पुष्टि भएको मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिए। 

प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा महानगरपालिकामा मात्रै आठ हजार आठ सय ५८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको उनको भनाइ छ । प्रदेशका १२ वटा स्थानीय तहमा भने अहिलेसम्म डेंगुको सङ्क्रमण देखिएको छैन । गत जनवरीमा जम्मा ७० जनामा डेंगु देखिएकामा गत सेप्टेम्बरमा छ हजार दुई सय ६७ जना डेंगुबाट सङ्क्रमित भएका थिए ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डेंगु सङ्क्रमण घट्दै
आइतबार, कात्तिक २५, २०८१