सांसद बजगाँईलाई कारबाही माग गर्दै मन्त्री पाण्डेले कांग्रेस संसदीय दलमा दिए उजुरी, के छ त्यसमा?
काठमाडौं– नेपाली कांग्रेसका सांसद, सह–महामन्त्री तथा पर्यटनमन्त्री बद्री पाण्डेले सांसद राजेन्द्र बजगाँईलाई कारबाही माग गर्दै संसदीय दलमा उजुरी दिएका छन्।
पाण्डेले नेपाली कांग्रेसकै सांसद बजगाईंविरुद्ध शृङ्खलवद्धरूपमा कुप्रचार गरेको भन्दै अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन्।
पाण्डेले अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार लिखित उजुरी दिएका हुन्।
गोरखा १ का सांसद तथा पर्यटन व्यवसायी बजगाईँले आफू मन्त्री भएदेखि नै सामाजिक सञ्जालमा विभिन्न आरोप लगाएको पाण्डेले उजुरीमा लेखेका छन्।
बजगाईँले पार्टीको आन्तरिक अनुशासन र आफ्नो व्यक्तिगत इमान र निष्ठामा धावा बोलेको उनको जिकिर सहित हालेको उजुरी यस्तो छ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१ १३:०२
प्रतिक्रिया दिनुहोस्