Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालको विद्युत् बंगलादेशमा निर्यात सुरु

शुक्रबार, कात्तिक ३०, २०८१

काठमाडौं- नेपालबाट पहिलोपटक तेस्रो देश बिजुली निर्यात गरिएको छ । यसअघि भारतमा मात्रै भइरहेको निर्यात बंगलादेशसम्म पुगेको हो । 

नेपाल, भारत र बंगलादेशका मन्त्रीहरूको भर्चुअल उपस्थितिमा विद्युत् निर्यात भएको हो । नेपालले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरेको हो । 
 
भारतको मनोहर लाल खाट्टर, बंगलादेशका मोहमद फौजुल कवीर खान र नेपालका तर्फबाट दीपक खड्काले भर्चुअल रूपमा निर्यातको सुरुआत गरे ।

नेपालले भारतीय ग्रिडको प्रयोग गरी यो वर्ष आज ४० मेगावाट विद्युत् पठाएको हो । नेपाल र बंगलादेशबीच जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता छ ।

प्राधिकरणले बंगलादेश निर्यातका निम्ति चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाको नाम प्रस्ताव गरेको थियो । यी दुवै यसअघि भारतीय बजारमा बिक्री भइरहेका आयोजना समेत हुन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्