प्रमुख प्रशासकीय अधिकृत साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ- भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले शुक्रबार एक विज्ञप्ति जारी गरी बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको जनाएको हो ।
साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो अठहत्तर हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन माग दाबी लिई शुक्रबार विशेष अदालत काठमाडौँमा आरोप-पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरे जानकारी दिए ।
हेर्नुहोस् आयोगको पत्र:
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१ १३:२४
प्रतिक्रिया दिनुहोस्