Nic Ad Nic Ad
Nic Ad Nic Ad

साढे १ को यती चढाएर भैरहवाबाट पोखरा ल्याइयो रवि लामिछाने

शुक्रबार, कात्तिक ३०, २०८१

पोखरा– दिउँसो साढे १ बजेको यती एयरलाइन्सको जहाजमा भैरहवाबाट रास्वपा सभापति रवि लामिछानेलाई पोखरा ल्याइएको छ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको थियो। बयानका लागि मंगलबार कास्कीबाट जहाजबाट भैरहवा ल्याइएका सभापति लामिछानेको बयान हिजो साँझ अबेर सकिएको थियो।

बिहान साढे ७ बजेको बिमानमा फर्काउने तयारी गरिए पनि मौसमका कारण विमानस्थल सञ्चालनमा थिएन। बिमान सञ्चालनमा आउनासाथ उनलाई पोखरा ल्याइएको प्रहरीले जनाएको छ।

सहकारीको रकम ठगी प्रकरणमा लामिछानेसँग  ३ दिनमा साढे २३ घण्टा लगाएर बयान लिइएको थियो। 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्