महानगर प्रहरीको सुरक्षा घेरा लगाएर गौशालामा चल्यो बालेनको डोजर (भिडिओ)
काठमाडौं– गौशालास्थित पशुपति धर्मशालाबाहेक सडक अतिक्रमण गरेर बनाइएका संरचनामा काठमाडौं महानगरपालिकाले शुक्रबार डोजर चलाएको छ।
चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले डोजर चलाएको हो। महानगर प्रमुख बालेन शाहको आगमनसँगै अतिक्रमण गर्ने संरचना भत्काउने निरन्तरता चलिरहेको छ।
चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको हो। महानगर प्रहरीको सुरक्षा घेरामा डोजर चलेको हो। पक्की र कच्ची गरी १२ बढी संरचना हटाउने क्रम जारी रहेको बताइएको छ।
सडक विभागको सहमतिका आधारमा महानगरले डोजर लगाएको हो।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१ १४:२३
प्रतिक्रिया दिनुहोस्