विश्वकपमा पुगेको यू–१९ महिला टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजको संयुक्त १० लाख पुरस्कार
काठमाडौं– क्रिकेटको आन्तरिकतर्फको ठूलो नेपाल प्रिमियर लिग (एनपीएल)का ८ वटा फ्रेन्चाइज टोलीले विश्वकपमा छनोट इतिहास रच्न सफल नेपाली यू–१९ महिला टोलीका सदस्यहरुलाई संयुक्त रुपमा १० लाख रुपैयाँ पुरस्कार दिने भएका छन्।
यो ऐतिहासिक उपलब्धी भएका कारण सम्मानस्वरुप पुरस्कार दिने घोषणा भएको एनपीएलले जनाएको छ।
यू–१९ टोलीका प्रत्येक सदस्यलाई नेपाल क्रिकेट संघ (क्यान)ले जनही २ लाख ५० हजार दिने घोषणा गरेको थियो।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१ १४:३७
प्रतिक्रिया दिनुहोस्