उर्मिला चौधरी र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता
काठमाडौं- अमेरिकी विदेश मन्त्रालयद्वारा ग्लोबल एन्टी-रेसिज्म च्याम्पियन २०२४ बाट सम्मानित उर्मिला चौधरीले राजदूत थम्प्सनसँग आज भेटेकी छिन्।
राजदूत थम्प्सनसँगको भेटमा उनले आफ्नो भ्रमणका प्रेरणदायक क्षणहरूका बारेमा कुराकानी गर्नुका साथै अमेरिकामा आफूजस्तै जातिवाद विरोधी नेतृत्वकर्ताहरूसँग भेटघाट र जातिवादविरुद्धको लडाइ, प्रतिष्ठा प्रवर्द्धन र सबैका लागि न्याय सुनिश्चित गर्ने प्रभावकारी तरिकाबारे भएको छलफलका अनुभवहरु सुनाइन् ।
प्रणालीगत जातीय विभेद, भेदभाव र जातिवादको विरुद्ध चौधरीले गरेको कामका साथै शिक्षामा समान पहुँच, न्याय, र आर्थिक विकासको पक्षमा पुर्याएको योगदानको राजदूत थम्प्सनले प्रशंसा गरे । उनले भने, समानता र न्यायको लागि उहाँको अथक समर्पणको सम्मान गर्न पाउँदा हामी गर्व गर्छौं१
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१ १४:४०
प्रतिक्रिया दिनुहोस्