Nic Ad Nic Ad
Nic Ad Nic Ad

डोजर अगाडि सुतेका अभियन्ता सायमीलाई प्रहरीले झ्यानाकुट्टी पार्दै वृत्तमा हुल्यो

शुक्रबार, कात्तिक ३०, २०८१

काठमाडौं– गौशालास्थित पशुपति धर्मशालाबाहेक सडक अतिक्रमण गरेर बनाइएका संरचनामा काठमाडौं महानगरपालिकाले शुक्रबार डोजर चलाउँदा अबरोध गर्न पुगेका अभियन्ता सुमन सायमीलाई प्रहरीले गौशाला वृत्तमा लगेको छ। 

चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले डोजर चलाउने क्रममा अगाडि सुतेका सायमीलाई नेपाल प्रहरीका जवानहरूले झुयानाकुट्टी बनाउँदै वृत्तमा छिराएका थिए। 

महानगर प्रमुख बालेन शाहको आगमनसँगै अतिक्रमण गर्ने संरचना भत्काउने निरन्तरता चलिरहेको छ।

चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको हो। महानगर प्रहरीको सुरक्षा घेरामा डोजर चलेको हो।

पक्की र कच्ची गरी १२ बढी संरचना हटाउने क्रम जारी रहेको बताइएको छ।  सडक विभागको सहमतिका आधारमा महानगरले डोजर लगाएको हो।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्