सहकारी ठगीलगायतमा रवि लामिछानेसँग ततिम्बा बयान लिइने, भूटानी शरणार्थीमा दुलालको गरिएको थियो
काठमाडौं– रास्वपा सभापति रवि लामिछानेसँग सहकारी प्रकरण, सम्पत्ति शुद्धिकरण, संगठीत अपराधलगायतका विषयमा अब ततिम्बा बयान लिइने तयारी भएको छ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रुपन्देहीबाट फर्काइएको छ। पहिलो चरणको बयान सकिएका कारण अब ततिम्बा बयान गरेपछि प्रहरीले प्रमाणहरूसहित सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश गर्नेछ।
यसपछि मात्र रवि लामिछानेविरुद्धको अभियोजन अदालतसम्म पुग्नेछ्। सम्पत्ति शुद्धिकरणको पनि अनुसन्धान जारी रहेका कारण लामिछानेसहित परिवारका सदस्यको बैंक खाता रोक्का गरिएको छ।
प्रहरीले त्यतातिर पनि अनुसन्धान जारी राखको उच्च प्रहरी अधिकारीले बताए।
यसअघि चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणका योजनाकार मध्यका केशव दुलालसँग ततिम्बा बयान लिइएको थियो।
२०८० जेठ १९ गते दुलालाई उक्त बयान गराइएको थियो।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान दिएका थिए। थप कुरा खुलाउनुपर्ने भएपछि उनलाई ततिम्बा बयान गराइएको थियो।
मोरङ घर भएका दुलालले ततिम्बा बयान दिएपछि मात्र अभियोजन दर्ता गरिएको थियो। त्यसपछि थुनछेक बहस गरिएको थियो। अदालतले सबैलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ गरिएकाहरूसँग पनि सोही हिसाबले नै अनुसन्धान हुने स्रोतले जनाएको छ।