Nic Ad Nic Ad
Nic Ad Nic Ad

गभर्नर अधिकारीले भने- ग्राहक संरक्षणमा केन्द्रीय बैंकले विशेष ध्यान दिएको छ

शुक्रबार, कात्तिक ३०, २०८१

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्राहक संरक्षणमा केन्द्रीय बैंकले विशेष ध्यान दिएको बताएका छन् । 

नेपाल बैंक लिमिटेडको ८८ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले ग्राहक संरक्षणका लागि छुट्टै मेकानिजम समेत बनाउन लागेको बताएका हुन् ।

गभर्नर अधिकारीले ग्राहकहरूलाई बैंकबाट हुने अनावश्यक दबाबको नियमन गर्नका लागि सूक्ष्म निगरानी गरिने धारणा राखेका छन् । उनले सबै बैंकले एउटै नियमनभित्र बसेर प्रतिस्पर्धात्मक सेवा प्रवाह गरुन् भन्ने नीति राष्ट्र बैंकको रहेकाले नेपाल बैंकमाथि पनि अरू निजी बैंकभन्दा फरक दृष्टिकोण नबनाउने स्पष्ट पारेका छन् । 

गभर्नर अधिकारीले बैंकको उद्देश्य प्राप्तिका लागि आफ्ना कर्मचारीलाई सन्तुष्ट पार्न सक्नुपर्ने र कर्मचारीसँग पनि सन्तुष्ट ग्राहक हुन जरुरी रहेको धारणा राखे । त्यस्तै उनले उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न सुझाव समेत दिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  २०:०२
प्रतिक्रिया दिनुहोस्