Nic Ad Nic Ad
Nic Ad Nic Ad

मंसिर १६ देखि सुरु हुने नेपाल प्रिमियर लिग क्रिकेटको मिति फेरियो, कारण यस्तो छ

शुक्रबार, कात्तिक ३०, २०८१

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मंसिर १५ गते सुरु हुँदैछ ।

सुरु भएको भोलि पल्ट मंसिर १६ गते भने एनपिएलको खेल नहुने भएको छ। क्यानका सचिव पारस खड्काले मंसिर १६ मा उपनिर्वाचन रहेकाले त्यो दिन खेल नहुने जानकारी दिए।

मुख्य प्रयोजक तथा प्रत्यक्ष प्रसारण सम्बन्धि जानकारी दिन शुक्रवारर आयोजित कार्यक्रममा सचिव खड्काले सो जानकारी गराएका हुन् ।

‘हामीले सबै निकायसँग समन्वय गरेर केही दिनमा एपिएलको खेल तालिका सार्वजनिक गर्नेछौ ,’ उनले भने ‘मंसिर १६ गतेको उप निर्वाचन परेको छ। त्यसमा कीर्तिपुर नगरपालिकामा परेको छ । जिल्ला प्रशासन सँग समन्वय गरेर त्यस दिन खेल नगर्ने निणर्य गरेका छौं ।’

एनपिएलको मुख्य प्रायोजकमा भने सिद्धार्थ बैंक रहेको क्यानले पत्रकार सम्मेलन मार्फत जानकारी दियो । एनपिएलको नाम अब सिद्धार्थ बैंक एनपिएल रहनेछ। क्यानका सचिव खड्काले सिद्धार्थ बैंक ५ वर्षका लागि एनपिएलको मुख्य प्रायोजक रहने जानकारी दिए।

खड्काले सम्झौता रकम नखुलाएपनि नेपाली खेलकुदमा कीर्तिमानी रकम भएको बताए। सिद्धार्थ बैंकका अध्यक्ष मनोजकुमार केडियाले सहकार्य गर्ने अवसर दिएकोमा क्यानलाई धन्यवाद। उनले ५ वर्षपछि पनि यो सहकार्य जारी रहने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै, स्टार स्पोर्टसले सिद्धार्थ बैंक एनपिएलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

क्यानले सोही पत्रकार सम्मेलनमा एनपिएल स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने जानकारी गराइएको हो ।

क्यानको आयोजना र ८ टोलीको सहभागितामा मंसिर १५ गते पुस ६ गतेसम्म टियु क्रिकेट मैदानमा एनपिएल हुनेछ ।

१६ गतेदेखि हुने एनपीएल उप निर्वाचनका कारण एक दिन अघि सरेको हो। उक्त मितिमा स्थानीय तहको उप निर्वाचन हुँदैछ। 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  २०:३८
प्रतिक्रिया दिनुहोस्