असोजमा आएको अविरल वर्षा र बाढी-पहिरोका कारण अर्थतन्त्रमा साढे ४६ अर्ब बराबर क्षति
काठमाडौँ - गत असोज दोस्रो साता आएको अविरल वर्षा र बाढी-पहिरोका कारण अर्थतन्त्रमा साढे ४६ अर्ब रुपैयाँ बराबर आर्थिक क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको बाढी-पहिरोको प्रारम्भिक हानि तथा क्षति मूल्यांकनबाट ४६ अर्ब ६८ करोड ४३ लाख १८ हजार ५ सय ५० रुपैयाँ बराबर क्षति भएको देखिएको हो ।
प्राधिकरणले भौतिक पूर्वाधार, निजी आवास, विद्यालय, अस्पताल, कृषि तथा पशुपन्छी र सिँचाइमा उक्त रकम बराबर आर्थिक क्षति भएको अनुमान गरेको छ ।
विज्ञका अनुसार यो क्षतिले मुलुकको अर्थतन्त्र विस्तारमै असर गर्ने गर्छ । मनसुनको अन्त्यतिर आएको बाढीले २ सय ४९ जनाको ज्यान लिएको थियो । १८ जना अझै बेपत्ता छन् । १ सय ७७ घाइते भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१ २१:५४
प्रतिक्रिया दिनुहोस्